
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार नस्वीकार्ने बताउनुभएको छ ।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो ।
एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने उहाँको भनाइ छ ।
‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ ट्वीट सन्देशमा उहाँले भन्नुभएको छ ।
तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्