
बुटवल, फागुन १४ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा बुटबलमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।
समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापती पूर्णचन्द्र थापाले राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति भएको बताएका छन् ।
उनले सेनाको इतिहास नेपालीको राष्ट्रिय पहिचान भएको तर बदलिँदो वर्तमान परिवेशमा विविध कारणले पहिचानका विषयहरु पछि परेको गुनासो गरे ।
सम्मेलनमा सेनाका विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पिटी प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिक तथा महिलाहरुले मार्चपास प्रदर्शन गरेका थिए ।
सम्मेलनमा बिभिन्न जिल्लाका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्