१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दकपुरमा अस्पताल निर्माण हुने भएपछि स्थानीय खुसी


325
Shares

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ ।

अस्पताल नहुँदा स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागि हुननपाएका सन्दकपुरवासी अस्पताल निर्माणपछि गाउँमै सेवा पाउनेभएपछि खुसी भएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र समेत नभएको इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा अस्पताल निर्माणको काम सुरु भएको छ ।गाउँमै अस्पताल नहुँदा बिरामीहरुले सदरमुकाम धाउँनु पर्ने बाध्यताको अन्त्य गर्न निर्माणको काम सुरु भएको हो ।

अस्पताल निर्माणका लागि सन्दकपुर गाउँपालिकाले दाताबाट जग्गा निःशुल्क लिएको थियो । अस्पताल निर्माणका लागि आवश्यक १३ रोपनी मध्ये १० रोपनी जग्गा स्थानीय कमल बहादुर सुवेदीले निःशुल्क दान गरेका थिए ।

तीन रोपनी जग्गा गाउँपालिकाले न्युनतम मूल्यमा खरिद गर्ने योजना बनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र नहुँदा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी नभएको सन्दकपुर पालिकामा १५ बेडको अस्पताल निर्माणको थालनीले स्थानीय खुसी भएका छन् ।

१५ बेडको अस्पताल सन्दकपुर ३ मा निर्माण हुँदै आएको छ । सन्दकपुरको प्रशासनीक केन्द्र देउराली बजारबाट १ किलोमिटर दुरीमा रहेको निर्माणाधिन अस्पताल पुग्ने सडक पालिकाले निर्माण गरिसकेको छ ।

अस्पताल निर्माणका लागि ठेक्का संझौता भई काम भइरहेको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तरगत निर्माण थालिएको अस्पताल १३ करोड ३५ लाख ११ हजार ३५ रुपैयाँमा ठेक्का संझौता भएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।

२०७८ जेठ २५ मा ठेक्का संझौता भएको अस्पतालको काम २०८० जेठ महिनामा निर्माण सकिनेछ । ओम वुद्ध, आर्सिवाद, स्वामिनारायण जेभिले अस्पताल निर्माणको ठेक्का पाएको छ ।