१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौतमबुद्ध विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक विमान मार्फत परीक्षण उडान गर्छाैं : मन्त्री आले


832
Shares

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताउनुभएको छ ।

शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान सुरु गर्ने बताउनुभएको हो ।

परीक्षण उडानपछि विमानस्थल उद्घाटनको तयारी समेत गर्ने उहाँको भनाइ छ । बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बिहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उहाँले बताउनुभयो ।

टर्मिनल भवन टी–२ को लागि अर्थमन्त्रीसँग कुरा भएको जानकारी दिदै उहाँले टी–२ को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताउनुभएको छ ।