१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नेपाल एकीकरण गर्दाको पदमार्ग, गढी, किल्ला संरक्षण गर्नेछु : प्रधानसेनापति


0
Shares

नेपालगञ्ज, फागुन १५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल एकीकरण गर्दाको पदमार्ग, ऐतिहासिक महत्वका गढी, किल्ला लगायतका धरोहर संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालगञ्जमा बिहिबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा बोल्दै उनले यस्ता धरोहरको सम्बद्र्धन र प्रर्वद्धन गर्ने बताए ।

प्रधानसेनापति थापाले धरोहरहरुको संरक्षणमा सहयोग गर्न स्थानीय सरकारलाई आग्रह समेत गरे ।

कार्यक्रममा उनले जेष्ठ भूतपूर्व सैनिक,जेष्ठ एकल महिलालाई सम्मान तथा शारीरिक अपाङ्गता भएकाहरुलाई व्हील चेयर वितरण गरेको थिए ।