
काठमाडौं । सरकारले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ ।
भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।
स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ५९ पैसा, डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ९८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५ सय ६० रुपैयाँ ७४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्