
स्याङ्जा, फागुन ८ । वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ ।
गल्याङ नगरपालिका – ७ सेन्थुम्का धराङ्दीमा रहेको पीडित घर-परिवारको घर पुगेर समाजको टोलिले १० लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको सहयोग रकम संकलनका सह संयोगजक थमन रानाभाटले जानकारी दिनुभयो ।
स्याङ्जा सहयोग समाज युएईका निवर्तमान अध्यक्ष भण्डारीकोे अचानक मृत्यु भएकाले परिवारको लागि केही आर्थिक सहयोग होस् भन्ने हेतुले समाजले यसो गरेको उहाँले जानकारी दिनुभयो । १० लाख ३ हजार ६ सय समाजले कृषि विकास बैंकमा दुई बर्षको लागि फिक्स डिपोजिट गर्दिएको र बाँकी नगद हस्तान्तरण गरेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्