
पाँचथर । प्रदेश १ का आन्तारिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सत्ता बाहिर रहेको नेकपा एमालेलाई पनि समेटेर प्रदेश १ को नामांकरण गर्ने बताउनुभएको छ ।
पाँचथरको फिदिममा आज एक कार्यक्रममा उहाँले सवै पक्षलाई समेटेर प्रदेशको नाम राखिने बताउनुभएको हो ।
नामाकरणको विषयमा सरकारले सबै दलहरुलाई समेटेर सर्वदलीय वैठक बोलाएको बताउनुभयो । त्यस्तै उहाँले सरकारले जसरी भएपनि एमसीसी पास गर्ने पनि बताउनुभयो ।
स्थानीय तहको निर्वाचन नजिकीएका कारण एमसीसी पास गर्दा मत घट्ने डरले मात्रै अन्य दलले मुख नखोलेको उहाँले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्