
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)मा एमसीसीको विषयमा चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।
सो बैठक आज सोमबार दिउँसो १ बजेका लागि बोलाएको नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।
एमसीसी संशोधन बिना पारित गर्न नहुने कुरा दलभित्र भएपनि संसद्मा सम्झौता टेबल गर्ने विषयमा मतभेद रहेको थियो । अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनमा सम्झौता टेबल गर्न दिने सहमति जनाउनुभएको थियो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताले भने संसद्मा एमसीसी टेबल गर्न नहुने भन्दै फरक मत राखेका थिए । सो दलका कतिपय नेताहरुले संसद्मा सो प्रस्ताव टेबल हुँदा नै विरोध गरेका थिए । त्यसैगरी भ्रातृ संगठनहरुले विरोध प्रदर्शन समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्