
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै,मंगलबार दिउँसो भने प्रदेश -१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ। प्रदेश-१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागकाकेही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ । सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै,सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्