
काठमाडौं । निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ ।
मंगलबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सीबी गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।
घोषणा सभामा बोल्दै अध्यक्ष गहतराजले पार्टीमा २१ जना पदाधिकारी रहेको र १ सय ५१ जना केन्द्रीय समिति सदस्य रहेको जानकारी दिनुभयो ।
अध्यक्ष गहतराजले पार्टीले ‘एकताको सम्मान गरौं, समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मुल नारा लिएको जानकारी दिनुभयो । पार्टीले कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपालको मान्यता बोकेको उहाँको भनाइ छ ।
घोषणासभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने उहाँको भनाइ छ ।
केन्द्रीय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरूमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्