१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीको विरोधमा झडप हुँदा पसलमा भएको क्षतिको अनुगमन, क्षतिपूर्तिको आश्वासन


1.95k
Shares

काठमाडौं, फागुन १० । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पसलमा पुगेको क्षतिको क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

प्रजिअ रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले मंगलबार उक्त पसलको अनुगमन गर्नुभएकोे हो ।

आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो ।

प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो । अनुगमनमा उहाँहरुले पसलमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने आश्वासन दिनुभएको हो ।

यसअघि काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोलीले पनि श्रेष्ठको पसलमा पुगेर क्षतिको विवरण लिएको थियो ।