
काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोछ ।
आज बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै सुदुरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानहमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, बुधबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकोछ । बाँकी भू-भागमा आंशिक बदली हुनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना हुनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना हुने महाशाखाले जनाएको छ ।
त्यस्तै,बुधबार राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोछ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्