
काठमाडौं । २०२३ मा चीनमा हुन लागेको एसियन कप फुटबलको छनोटमा नेपालले आफ्नो पहिलो खेल जोर्डनविरुद्ध खेल्ने भएको छ ।
चीनमा भएको ‘ड्र’मा नेपाल समूह ‘ए’मा परेसँगै पहिलो खेल ८ जुनमा नेपालले जोर्डनको सामना गर्ने भएको हो । समूह ‘ए’मा नेपाल र जोर्डनसँगै कुवेत र इन्डोनेसिया पनि परेका छन् ।
नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ ।
छनोट खेल सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । समूहका विजेता र पाँच उपविजेता टीमले चीनमा हुने एसियन कप खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्