१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता


3.12k
Shares

एजेन्सी । रुसले आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

वाइडनले जेलेन्स्कीलाई आफूले रुसी कदमको निन्दाका लागि अन्तर्राष्ट्रिय स्तरमा उठाइने कदमबारे सूचित गरेको बताउनुभयो । जेलेन्स्कीले आफुलाई रुसी आक्रमणको विरोधमा विश्वभरका नेताहरुले बोल्नुपर्ने बताएको भन्दै युक्रेनी जनताको पक्षमा उभिन आग्रह गरेको बाइडनको भनाइ छ ।

रुसको कारबाही गरेलगत्तै अमेरिकी राष्ट्रपति बाइडनले आक्रमण अकारण र अनुचित भएको प्रतिक्रिया दिनुभएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको जवाफ दिँदै उहाँले युक्रेनी जनताका लागि पुरै विश्वको साथ रहेको बताउनुभयो । पुटिनलाई दोषी ठहर्‍याउँदै बाइडनले पुटिनले पहिले नै तय गरेको एक युद्धलाई छानेको भन्दै यसले थुप्रै मानिसको ज्यान लिने र मानवीय त्रासदीको कारण बन्ने चेतावनी दिनुभयो ।

उहाँले जी–७ राष्ट्रको बैठक बसेर रुसीमाथि आगामी कदम उठाउने पनि बताउनुभयो ।