
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ ।
बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो ।
सो क्रममा उहाँहरुबीच आजै बेलुका फेरि छलफल गर्ने सहमति भएको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि सघन संवाद गरिरहनु भएको छ ।
एमालेले एमसिसी पास गर्न पहिला संसद सुचारू हुनुपर्ने बताएको छ । त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई संसदमा राख्न नमिल्ने उसको माग छ ।
आफूले कारबाही गरेका सांसदलाई नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन सघाएको भन्दै सभामुखलाई हटाउनु पर्ने माग पनि एमालेले अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्