२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु


195
Shares

चितवन । बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर–१३ बेलसरस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र भरतपुर–१३ की ६० वर्षीया चिजा सार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गीतानगर र निकुञ्जको हात्ती सहितको टोलीले खोजीगर्दा बाघले खाइरहेको अवस्थामा उनको शव भेटिएको हो ।

निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।