१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरको मौसमको अवस्था आज कस्तो छ त ?


299
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज शुक्रबार बिहान देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश-१ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका अन्य भू-भागमा भने आंशिक बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश-१ का केही स्थानमा भने मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना हुनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार राति भने देशको सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश-१ उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने आंशिक बदली हुनेछ ।

सुदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ का केही स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेकोछ ।

त्यस्तै, देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।