
काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले रुसी सेना युक्रेनको राजधानी कीभमा रहेको पुष्टि गरेको छ ।
एक ट्वीट गर्दै युक्रेनको रक्षा मन्त्रालयले शत्रु ओलोबोन जिल्लामा रहेको जनाएको हो । मन्त्रालयले सर्वसाधारणलाई डटेर लड्न आग्रह गरेको छ ।
कीभमा यसअघि पनि गोलीको आवाज सुनिएको थियो । त्यहाँ रहेका बीबीसीका संवाददाताले सुरुमा दुईपटक साना गोली पड्केको आवाज सुने पनि अहिले पनि ठूलो विस्फोटको आवाज आइरहेको ट्वीट गरेका छन् ।
यस्तै, स्थानीय रेडियामा बोल्दै बेलायतका रक्षा सचिवले ४ सय ५० भन्दा बढी रुसी सेनाको ज्यान गएको दाबी गरेका छन् ।
रुसले पहिलो दिन युक्रनेको उत्तरमा रहेको विमानस्थल कब्जामा लिन खोजे पनि नसकेको भन्दै उनले पहिलो दिनमा रुसले युक्रेनमा कुनै पनि सफलता प्राप्त नगरेको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्