
काठमाडौं । देशभर कोरोना २ सय ७५ संक्रमित थपिएका छन् ।
८ हजार ६ सय २८ वटा नमूना परीक्षण गरिएकोमा २ सय ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर ९ लाख ७६ हजार ६ सय ७० जना कोरोनाबाट संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ ।
कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ४ सय ९३ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
देशभर ९ हजार २ सय ८० जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्