७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एमसीसीविरुद्धको प्रदर्शनमा छानी-छानी ढुंगा हान्ने ? : अध्यक्ष ओली


442
Shares

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हान्ने गरेको आरोप लगाउनुभएको छ ।

पोखरामा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको आरोप उहाँले लगाउनुभएको हो ।

सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाएको भन्दै उहाँले प्रहरी र सर्वसाधारणलाई ढुंगा हानेकामा आपत्ति जनाउनुभयो । ढुंगा पनि एमसीसी नेपालमा ल्याउन पाउँ भनेर निवेदन हाल्ने झलनाथ खनाललगायतलाई नहान्ने तर आफूलाई हान्ने ? ओलीको प्रश्न थियो ।