१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसले नियन्त्रणमा लियो कीभ नजिकैको एयरफिल्ड


2.925k
Shares

एजेन्सी । रुसले आफ्नो सेनाले युक्रेनको राजधानी कीभ नजिकै रहेको मुख्य होस्टोमेल एयरफिल्डलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

एयरफिल्डलाई कब्जा गर्न २ सय रुसी हेलिकप्टर र एउटा मिसाइल प्रहार गरिएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ । योसँगै रुसले कीभलाई पश्चिमबाट पनि कब्जा गरेको छ ।

यसअघि युक्रेनको सीमाबाट १० माइल टाढा रहेको रुसको सैन्य एयरफिल्डमा पनि मिसाइल प्रहार भएको खबर आएको छ ।

सामाजिक सञ्जालमा प्राप्त भिडियो र फोटोहरुमा रुसको एयरफिल्डमा मिसाइल प्रहारपछि रनवेमा आगजनी भएको देख्न सकिन्थ्यो ।