
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली हुनेछ ।
त्यस्तै , सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानमा तथा बागमती र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग र असिनासहित हल्का वर्षाको सम्भावना हुनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना हुने महाशाखाले जनाएको छ ।
त्यस्तै, शनिबार राती भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्