२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल


8.996k
Shares

काठमाडौं । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।

रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए। प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन् ।

उनीहरु युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका छन् ।