
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सुदुर पश्चिम प्रदेश ०१–०१०–प २०७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गौरीगंगा नगरपालिका ८ बडैपुरका ३४ वर्षीय साजन विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धनगढी स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्