१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङबाट चार ट्याक्टर नियन्त्रणमा


78
Shares

बागलुङ । जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा निकालिएको नदिजन्य पदार्थ बोकेका ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बागलुङ नगरपालिका स्थित खनियाघाटबाट अवैध नदिजन्य पदार्थ बोकेर बागलुङ आउँदै गरेका चार ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

कालिगण्डकी नदीबाट अवैध ढुङ्गा र बालुवा चोरी निकासी हुने गरेको गुनासो बढेपछि प्रहरीले छड्के अनुगमन गरेको थियो ।
नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकाको जिम्मा लगाइएको छ ।