१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


तोकेको ठाउँमा नजाने चिकित्सक र नर्सको दरबन्दी खारेज हुने : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, फागुन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयले तोकेको ठाउँमा नजाने चिकित्सक र नर्सहरुको दरबन्दी खारेज हुने बताएका छन् ।

मन्त्रालयले तीन महिनामा गरेको प्रगती विवरण सार्वजनिक गर्दै मन्त्री ढकालले दरवन्दि तोकिएको ठाउमा नजाने, विदामा बस्ने वा एक महिनामा १ पटक मात्र जाने चिकित्सक र नर्सहरुको दरबन्दी नै नराख्ने बताएका हुन् ।

यस्तै मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण हुन नदिन अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र जाने सबै व्यक्तिको स्वास्थ्य परीक्षण समेत गरिने दाबी समेत गरे ।

मन्त्रालयले अमेरिकामा फेलोसिप अध्ययनका लागि जाने चिकित्सकहरुलाई दिदै आएको आश्यकता पत्र (स्टेटमेन्ट अफ निड) मा कडाइ गरेको छ ।

पढिसके पछि चिकित्सकहरु उतै हराउने प्रकृया बढे पछि मन्त्रालयले यसको लागि छुट्टै कार्यविधि बनाएर कडाइ गर्न लागेको जनाएको छ । छात्रवृत्तिमा अध्ययन गरेका १ सय ८२ चिकित्सकलाई देशको विभिन्न ठाउमा खटाईएको मन्त्रालयले जनाएको छ ।