१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


त्रिभुवन आर्मी क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश


0
Shares

इलाम, फागुन १८ । त्रिभुवन आर्मी क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको ठूलो टुँडीखेलमा भएको दोस्रो क्वाटरफाईनल खेलमा संकटा क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीको जीतमा सुडिल राईले दुई गोल गरे । संकटाका तर्फबाट डेडी बम्बाले एक गोल फर्काएका थिए ।

आर्मीले अव फाईनलमा पुग्नका लागि आयोजक माईभ्याली र मोहम्मडन कोलकोक्ता बिचको बिजेता संग खेल्नेछ ।

आइतबारको खेलमा त्रिभुवन आर्मीका सुडिल राई म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । सोमबारको खेल लिग बिजेता सान मिगेल मछिन्द्र र गोर्खा ब्वाईज रुपन्देहीबीच हुनेछ ।