
स्याङ्जा । जिल्लाको फेदीखोला–१ भालुपहाडमा मोटरसाइकल दुर्घटना हुँदा वाईसीएल नेता सुवास पौडेलको मृत्यु भएको छ ।
शुक्रबार साँझ वाईसीएल स्याङ्जाको बैठक सकेर ग ११ प १४५० नम्बरको मोटरसाइकलमा पोखरा जाँदै गरेका पौडेलको सिद्धार्थ राजमार्गको भालुपहाडमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
३४ वर्षीय पौडेल मोटरसाइकलमा एक्लै भएकाले तत्काल कसैले घटनाका बारेमा थाहा नभएको प्रहरीले जनाएको छ ।सडकबाट मोटरसाइकल चिप्लिएर झन्डै २ सय मिटर तल खसेको थियो ।
पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।
हाल फेदीखोला गाउँपालिकाका माओवादी केन्द्रका सचिव समेत रहेका उनी वाईसीएल स्वास्थ्य विभाग प्रमुख र केन्द्रीय सदस्य समेत थिए ।
पौडेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्