२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बौद्ध संघ भक्तपुरको स्वर्णजयन्ती


130
Shares

भक्तपुर । बौद्ध संघ भक्तपुरको स्वर्णजयन्ती सम्पन्न भएको छ ।

बौद्ध धर्मलाई समयसापेक्ष युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पाँच दशकअघि स्थापना भएको बौद्ध संघले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा वक्ताहरुले धारणा राखे ।

युद्धको विभिषिकाले विश्वलाई आक्रान्त बनाइरहँदा बुद्धले पहिल्याउनुभएको सम्यक बाटो झनझन समसामयिक बनेको वक्ताहरुको बताए ।

सो अवसरमा संघका नायक बोधिसिंह महास्थवीर र धम्मसोमन महास्थवीरलाई सम्मान गरिएको थियो ।

संघ स्थापनामा अग्रणी भूमिका खेल्ने भीमराज बज्राचार्य, सिद्धिरत्न शाक्य, पूर्णचन्द्र शाक्य लगायतका व्यत्तित्वहरुको योगदानका विषयमा वक्ताहरुले बोलेका थिए ।

कार्यक्रममा धम्मयाणी स्मारिका लोकार्पण गरिएको थियो ।