
काठमाडौं, फागुन १८ । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्ने जनाइएको छ
। नयाँशाखा परिसरको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामनि सिवाकोटीले उद्घाटन गर्नुभएको हो ।
इबीएलको हालग्राहक संख्या १० लाखभन्दा बढि रहेको जनाएको छ । बैंकले ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट सेवा दिंदै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्