१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको गठबन्धन जोगियो


793
Shares

काठमाडौं । एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो ।

सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जाेगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि एमसीसीका कारण सत्ता गठबन्धन संकटमा पर्दै आएकोथियो ।

तर,यो संकट आज आइतबार बसेको सत्ता गठबन्धनकाे बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय भएसँगै अन्त्य भएकोछ ।