२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिनिधि सभा बैठकमा एमाले सांसदको नाराबाजी


117
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका हुन् ।

आइतबार बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छ ।