
काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट एमसीसी पास गर्न नहुने बताउनुभएको छ ।
आइतबार एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिदै सुवालले एमसीसीले नेपालको विकासमा सहयोग पुग्छ भनेर झुठो प्रचार गरिएको दाबी गर्नुभयो । उहाँले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नरहेको पनि बताउनुभयो ।
उहाँले एमसीसी नेपालको हितमा नभएको पनि दाबी गर्नुभयो । सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सित्तैमा अमेरिकाले दिएको अनुदान भएकाले स्वीकार्नु पर्ने भनेर बताउनु भएको भन्दै सित्तैमा आएको भनेर विष पिउन नहुने उल्लेख गर्नुभयो । सुवालले एमसीसी संसदबाट पास नगर्न पनि सांसदहरुको ध्यानाकर्षण गराउनु भयो
प्रतिक्रिया दिनुहोस्