१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा बन्दको आंशिक प्रभाव


130
Shares

धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी जिल्लामा आवातजावत गर्ने सार्वजनिक र माल वहाक सवारी साधनमा बन्दको आंशिक प्रभाव देखिएको छ ।

धनकुटा हुँदै तराई र पहाडी जिल्ला आवतजात गर्ने सार्वजनिक सवारीमा बन्दको प्रभाव परेकाे छ

तर निजी सवारी साधन भने संचालनमा रहेको र बजार-पसल तथा विद्यालयहरु संचालनमा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभएकाे हाे ।