१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवेकशील साझा पार्टीको तर्क – एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालका लागि अशुभ संकेत


117
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले चीन र अमेरिकाको अस्वभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालका लागि शुभ संकेत नभएको टिप्पणी गरेको छ ।

विवेकशील पार्टीले सोमबार एक विज्ञप्ति जारी गरेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्नुको पछाडी सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्क र गैरजिम्मेवारीपूर्ण शैली र संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैया कारण भएको बताएको हो ।

विगतमा निहित राजनीतिक स्वार्थहरुका कारण कयौं गम्भिर निर्णयहरु लिइएको प्रति सचेत गराउदै पार्टीले एमसीसी पनि राजनीतिक स्वार्थहरुकै कारण संसदबाट पारित भएको ठहर गरेको छ ।