
एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिनु भएको छ ।
क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उहाँले पश्चिमा राष्ट्रहरूले रुसप्रति मित्रतवत् व्यवहार नगरेको टिप्पणी गर्नुभयो ।
युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी बताउनु भएको थियो । नेटोका शीर्ष अधिकारीहरूले रुसविरुद्ध “चर्को टिप्पणी“ गर्न मान्यता दिएका कारण पारमाणविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उहाँले बताउनुभयो ।
पुटिनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आफ्नो पारमाणविक बललाई “विशेष सतर्क अवस्थामा“मा राखिएको रुसको घोषणा पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको संकेतको रुपमा बुझिएको छ । रुसी आक्रमण पनि योजनाअनुसार हुन सकेको छैन ।
युक्रेनमा आक्रमण थालेको चौथो दिन रुसको नियन्त्रणमा एउटा मुख्य सहर पनि पर्न सकेन । धेरै संख्यामा रुसीहरु हताहत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्