९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


देउवाले फेरि मनोनित गरे थप ७ विभागीय प्रमुख


0
Shares

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको किचलोकै बीच थप सात विभागमा प्रमुख मनोनित गरेका छन् ।

आफ्नो चार वर्षे स्वाभाविक कार्यकाल सकिने समयमा देउवाले बल्ल विभागमा मनोनित गर्न थालेका हुन् । कार्यकाल सकिएपछि महाधिवेशनमा जानुपर्नेमा विभाग र केन्द्रीय समितिमा भर्ती गर्न थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने आपत्ति जनाएको छ ।

सोमबार मनोनित गरिएका विभागीय प्रमुखहरुमा एनपी साउद शुभेच्छुक संस्था, अम्बिका बस्नेत वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपाने महिला र केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग छन् ।

यसैगरी देउवाले मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरेका छन् ।

यसअघि अस्ती शनिबार मात्र देउवाले १३ जनालाई विभिन्न विभागको जिम्मेवारी दिएका थिए ।