१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ठूलो संख्यामा रुसी सेना युक्रको राजधानी किभतर्फ जाँदै


9.919k
Shares

काठमाडौं । ६ दिनदेखि युक्रेनमा आक्रमण जारी राखेको रुसी सेना अस्वाभाविक रुपमा ठूलो संख्यामा युक्रेनी राजधानी किभतर्फ अघि बढेको छ ।

बख्तरबन्द गाडी र हातहतियारले सुसज्जित रुसी सेनाको लाइन ४० माइल अर्थात ६४ किलोमिटर रहेको स्याटलाइट तस्बीरहरुमा देखिएको छ । यस्तै रुसले युक्रेनको सीमाबाट ३० किलोमिटर पर बेलारुसी भूमिमा आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर तैनाथ गरेको तस्बिरहरु पनि सार्वजनिक भएका छन् ।

युक्रेनको सेना नागरिक लडाकुहरुले रुसी सैनिकलाई प्रमुख शहर कब्जामा लिनबाट रोक्ने प्रयास गरिरहेका छन् । तर रुसी सेना स्थल र हावई हमला गर्दै अघि बढ्ने क्रममा छ ।

युक्रेनी शहर खार्किभमा कम्तीमा ९ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । युक्रेनलाई प्रत्यक्ष सैन्य सहयोग नगरेका अमेरिकासहितका पश्चिमा देशहरुले हातहतियार तथा सैन्य सामग्री भने आपूर्ति गरिरहेका छन् । युक्रेनले बिना शर्त रुसी सेना फिर्ता हुनुपर्ने अडान राखेको छ ।

रुसी विमानहरुको उडान रोक्नका लागि युक्रेनले गरेको आग्रहलाई भने अमेरिकाले अस्वीकार गरेको छ ।