
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वको अवसरमा आज मंगलबार शुभकामना दिँदै सबै नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास समेत प्रकट गर्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।
उहाँले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धनका लागि प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभएको छ।
प्रतिक्रिया दिनुहोस्