१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रासकै कारण प्रचण्डले एमसीसी पास गरे : बिजुक्छे


1.599k
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा निर्मित रानीपोखरीको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका दाहालमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास गरेको जिकिर गर्नुभयो ।

जनताको इच्छा विपरित संसदले राति बहुमतले एमसीसी पास गर्नु दुःखद् भएको उहाँको भनाइ छ । नेपालका दलहरुले देशको हित बिपरित भएको कुरा पास गरेर धोका दिएको पनि उहाँको आरोप छ ।