
अर्घाखाँची । अर्घाखाँचीमा महाशिवरात्रिका अवसरमा बिहानैदेखि शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
सन्धिखर्कको सिद्धेश्वर शिवालयमा पुजा गर्नेको घुईंचो लागेको हो ।
यस्तै, १०८ गणेश पाञ्चायन मन्दिर, मालारानी मन्दिर, नृसिंह मन्दिर, खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर लगायत जिल्लाका अन्य शिवालय मन्दिरमा पनि बिहानै देखि घुइचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्