१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश, अर्को बैठक फागुन २२ गते


182
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गनुभएको हो ।

१ बजेका लागि बोलाइएको बैठक समयभन्दा १५ मिनेट ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर अवरोध गरेका थिए ।

उनीहरूले संसदीय मर्यादा पालनाको माग गर्दै पछिल्लो सात महिनादेखि संसद बैठक अवरोध गर्दै आएका छन् ।

आफूले कारबाही गरेको १४ सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ । पछिल्लो समय उसले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदलाई कारबाहीको माग गर्दै आएको छ ।

प्रतिनिसभाको अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।