१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै आठ दलीय मोर्चाद्वारा संघर्षका कार्यक्रम घाेषणा


3.757k
Shares

काठमाडौं । विभिन्न ६ कम्युनिष्ट राजनीतिक दल र दुई मोर्चाले फागुन २० गतेदेखि चैत ६ गतेसम्म संघर्षका कार्यक्रम घाेषणा गरेका छन् ।

मंगलबार काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बसेको आठ संगठनको बैठकले एमसीसी पारित भएको विरोधमा प्रर्दशनको कार्यक्रम घाेषणा गरेकाे हाे ।

२० गते देशभर विरोध सभाबाट सुरु हुने कार्यक्रम बुद्धिजिबी, विद्यार्थी, किसान, श्रमिक र मजदुरले गर्ने विरोध प्रदर्शनसँगै चैत ६ गते पुनः विरोध सभा गर्दै अन्त्य हुनेछ ।

संगठनहरूले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै अमेरिकी साम्राज्यवादको कानून लागू गराएको जनाएको छ ।

साथै उनीहरूले एमसीसी अनुमोदन गर्न सघाउने राजनीतिक दलसँगै वेल घेरेर मौन बस्ने विपक्षी एमालेले पनि देशमाथि गद्दारी गरेको आरोप लगाएका छन् ।

संघर्षका कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (माओवादी समाजवादी) सहभागी छन् ।