
काठमाडौं । प्रहरीले ललितपुरबाट २५ जना जुवाडे पक्राउ गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुवाहाइट स्थित निनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लबको घरमा जुवा खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्दिविक्रम शाहले जानकारी दिनुभयो ।
जुवाडेहरुसँगै प्रहरीले चार लाख रुपैयाँ बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्