११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


थप १२७ जनामा कोरोना संक्रमण पुष्टि


78
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ३१२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन् ।