
काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ ।
बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो ।
बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु हुन लागेपछि खुशी ब्यक्त गर्दै प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्