१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माझी समुदायले लदी पुजा गरे


104
Shares

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् ।

उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् ।

जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि बसोवास गर्दै आएका माझीहरुले पहिलो पटक सामुहिक रुपमा लदी पुजा मनाएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ ।

यसअघि घरघरमै मनाउने गरिएको लदी पुजाको पछिल्लो समय मौलिकता लोप हुने अवस्थमा पुगेकोले यसको संरक्षणको लागि पनि यसरी सामुहिकक कार्यक्रम आयोजना गरिएकोे बताएको छ । यसरी प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलबार नदीमा गएर पुजा गरे बर्षातको जस्तो सुकै भेलमा पनि डुंगा खियाउन सक्ने शक्ति मिल्ने किम्बदंती रहेको माझी समुदायका जानकारहरुको भनाइ छ ।