१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा


104
Shares

कैलाली । बिहीबारबाट सुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन् ।

खेलमा १० बटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।