७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुर्खेतमा जारी निषेधाज्ञा आजबाट हट्यो


39
Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा आज बिहिबार बिहान ६ बजेदेखि पूर्ण रुपमा हटाईएको छ।

एमसीसी अनुमोदनको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह तोडफोठमा उत्रिएपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाएको थियो भने मंगलबार स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेकोथियो ।

जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य भइसकेकाले आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेको छ ।